सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि विजेताहरु चेन्नाई प्रस्थान

अटो

Capture

टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि विजेताहरु चेन्नाई प्रस्थान

सुनाखरी न्युज/ काठमाडौं – नेपालका लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस अपाचे बाइक आर आर ३१० र अपाचे २०० फो भी मोटरसाईकलहरुको टेस्ट राइडमा सहभागीता जनाएका प्रतियोगीहरु मध्ये ६० जना गोला प्रथा बाट चयन गरी प्रारम्भिक छनौट चरणबाट ३० अनि,३० बाट छनौट गरिएका २५ जनाभाग्यशालीविजेताहरुले यहीमङसिर १६ गते भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइककुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउनेछन् । एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा संचालित छनौट चरण बाट २५ जना प्रतियोगीहरु उत्कृष्ट ठहरिएका छन् । साथै यी प्रतियोगीहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउने सुनौलो सपना पूरा गर्ने अवसर पाउनेछन् ।

 

प्रारम्भिक चरणको छनौट प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएकोमा खुशीव्यक्त गर्दै जगदम्बा मोटर्स प्रा लि का उपाध्यक्ष दीपक अग्रवालले भन्नुभयो “नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो यो । उनीहरुको सपनामा सरिक हुनपाएकोमा हामीजगदम्बा मोटर्स परिवार हर्षित छौं । अन्तिम चरणको लागि छनौट भएका २५ जनाबाइक राइडरहरुलाई म थप सफलताको शुभकामना दिनु भएको थियो” अपाचे बाइक राइडरहरुको बाइकहाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासनआदिलाई आधार मानेर आफ्नो मत दिनुभएको थियो । नेपालमा अत्याधिक रुपमा रुचाइएको टिभिएस अपाचे आरआर ३१० र २०० ४भि ले माइलेज अत्याधिक दिन्छ भने यसमा अत्याधुनिक नवीनतम् सुरक्षा प्रविधिद्वारा सुसज्जित गरिएको छ ।

 

मोटरसाइकल रेसको लागि अत्यन्त उत्कृष्ट साबित भैसकेका यी दुवै अपाचे बाइक नेपालको बाइक राइडरहरुमा लोकप्रिय रहेका छन् ।मद्रास मोटर रेस ट्रयाकमा सहभागीहुने प्रतियोगीहरु मङसिर १४ गते, शनिबार नेपालबाट प्रस्थान गरी मङसिर १६ गते रेस ट्रयाकको अनुभवगर्दै मङसिर १८ गते, बुधबार पुनः नेपाल फर्किनेछन् । मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो ।सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक घ।ठद्ध कि।मि को छ । विभिन्न राष्ट्रिय तथाअन्तराष्ट्रिय रेसिङ्ग ईभेन्टहरु आयोजनाभईसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरु माझ अत्यन्तै लोकप्रिय छ ।

Share this news: