सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

हुन्डाईले ल्याएको छ“WINTER DELIGHT ” योजना

अटो

Capture

हुन्डाईले ल्याएको छ“WINTER DELIGHT ” योजना

सुनाखरी न्युज/ काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले “हुन्डाई WINTER DELIGHT ”योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमाआकर्षक नगदछुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउने छन ।

 

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा र एक वर्ष सम्मको निशुल्क सडक कर चालु आ.व समेत प्राप्त गर्न सक्नेछन्। साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्ष सम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।

 

चिसो मौसममा पनि यस “हुन्डाई WINTER DELIGHT योजना” ले ग्राहकवर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको छ । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहक वर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस “हुन्डाई WINTER DELIGHT योजना” मार्फत पनि ग्राहकहरु लाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागी मात्र लागु हुनेछ ।

Share this news: