सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

नेपाल टोस्टमास्टर्सले वार्षिक सम्मेलन साइटेशन, २०१९ आयोजिना गर्दै

कर्पोरेट

Capture

नेपाल टोस्टमास्टर्सले वार्षिक सम्मेलन साइटेशन, २०१९ आयोजिना गर्दै

सुनाखरी न्युज/ काठमाडौं – नेपालका टोस्टमास्टर्सहरु दोस्रो वार्षिक डिभिजन सम्मेलन डिसेम्बर ७, २०१९ मा शनिबार अलफ्ट काठमाडौं, ठमेलमा बिहान ८ बजेदेखि राति ६ः३० बजे आयोजना गर्न निकै उत्साहित छन् । सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य समुदायबाट करिब ३५० सदस्यहरु उपस्थित हुनेछन् । इभ्यालुयशन एण्ड हयुमेरस स्पीच प्रतियोगिताकमा नेपालका ६ क्षेत्रका विजेताहरुले प्रतिस्पर्धा गर्नेछन् जुन यो कार्यक्रमको मुख्य आकर्षण हो । उक्त विजेता भारतको नयाँ दिल्लीमा हुने डिस्ट्रिक लेबल प्रतियोगिताका लागि छनोट हुनेछन् । यी प्रतियोगिता टोस्टमास्टर्स इन्टरनेशनलले तोकेको निर्देशन अनुसार आयोजना गरिएको छ ।

 

सम्मेलनका मुख्य वक्ता टोस्टमास्टर्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट डीटीएम, दीपक मेनन रहेका छन् । सन् २००२ मा पहिलो पटक क्लब मिटिङ्गमा आफ्नो बोल्ने क्षमतामा सहज महसुस गरेको मेनन बताउछन् । वर्षैसम्मको उत्कण्ठ संलग्नता, उल्लेखनीय मेन्टर र सदस्यहरुसँगको सम्बन्धले उनी टोस्टमास्टर्सको लिडरसीप स्तर हुदैँ, अन्तर्राष्ट्रिय बोर्ड अफ डिरेक्टर र अन्ततः २०१९–२०२० का लागि अन्तर्राष्ट्रिय प्रेसिडेन्टको भूमिका निर्वाह गर्न पुगे । उनीसँग डिस्ट्रिक डिरेक्टर जेनिफर घोष डीटीएम पनि सम्मेलित हुनेछन् । प्रत्येक वर्ष एक जना गरै–टोस्टमास्टर्सलाई उनको संचार र नेतृत्व योगदानका लागि सम्मानित गरिन्छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा गत वर्षका पुरस्कृत डा। स्वर्णिम वाग्ले कार्यक्रममा यसपालीको “द कम्यूनिकेटर अवार्ड” का विजेता घोषणा गर्नेछन् ।कार्यक्रममा टोस्टमास्टर्स सदस्यहरुले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्नेछन् ।

 

सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबाट शुरुवात भएको टोस्टमास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्टमास्टर्स क्लब लगायत ८ वटा क्लब मात्र थियो । त्यसपश्चात डिस्ट्रिक ४१ को हिस्सा भएकाले विगतका केहि वर्ष यता क्लबहरु विस्तारको क्रम बढ्ढो रहेको छ । बैंक, शैक्षिक संस्था, पर्यटन उद्यमी, चाटर्ड एकाउन्टेन्ट, शिक्षक, महिला, उद्यमी र अन्य कार्यरत व्यवसायी गरेर हाल ३० वटा क्लब र ८५० भन्दा बढि सदस्यहरु रहेका छन् । डिस्ट्रिक ४१ का क्लब ग्रोथ डिरेक्टर रंजीत आचार्य, डीटीएमले भन्नुभयो, “टोस्टमास्टर्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्टको उपस्थितिले गर्दा यो एतिहासिक कार्यक्रम हुनेछ । हाम्रा सदस्यहरुका लागि यो ठुलो शिक्षा र सञ्जालको अवसर हुनेछ र म कम्यूनिकेटर अवार्ड , इभ्यालुयशन एण्ड हयुमेरस प्रतियोगिताका लागि निकै उत्साहित छु ।”डिभिजन ए९नेपाल०, डिस्ट्रिक ४१ को डिरेक्टर सुमन शाक्य डीटीएमले भन्नुभयो, “साइटेशन २०१९ नेपाली टोस्टमास्टर्सहरुको लागि ठुलो सम्मेलन मात्र नभएर शिकाई र सञ्जालको माध्यमबाट आफुमा अझ निखार ल्याउन एक अर्काले सहयोग गर्ने एउटा विशेष दिन पनि हुनेछ ।”

Share this news: