सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

बज्रग्रुप को ब्राण्ड दूतमा मिस नेपाल श्रृङ्खला खतिवडा नियुक्त

कर्पोरेट

Capture

बज्रग्रुप को ब्राण्ड दूतमा मिस नेपाल श्रृङ्खला खतिवडा नियुक्त

सुनाखरी न्युज/ काठमाडौं – बज्रग्रुपले मिस नेपालश्रृङ्खला खतिवडा लाई एक बर्षको लागी आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । वहाँलाई नियुक्त गर्नुको मुख्य दुई उद्देश्य रहेका छन् । प्रथम त २०१८ को विश्व सुन्दरी प्रतियोगितामा वहाँको प्रतिनिधित्व नेपालको लागी संसारभर विशेष जन प्रभाव पार्ने ऐतिहासिक क्षण बन्यो । दोश्र्रो , पेसाले वहाँ आर्किटेक्ट हुनुहुन्छ र यो कुनै रुपमा हाम्रो बाथरुम र निर्माण सामाग्री उत्पादन गर्ने सेनेटरी ब्यवसाय सँग सम्बन्धितछ । वहाँहाम्रो उत्पादनको बारेमा राम्रो जानकार मात्र हैन, वहाँको ब्यवसायिकविचार र कार्यशैलीले बजारमा हाम्रो उत्पादनहरुलाई प्रचार गर्न पनि सहज बनाएको छ ।

 

“बिगत २८ बर्षदेखि बज्र ग्रुपले विविधप्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दैआएको छ । जस्तैंः बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र इसेम्बल्स ईत्यादी । नेपालमाउत्कृष्ट प्रदर्शनको लागीयस ग्रुपले बिभिन्न प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ । बज्रग्रुप देशको सेनेटरी बजार मा ८० प्रतिशत अंश ओगट्न सफल छ ।”पत्रकार सम्मेलनमा ई. श्रृङ्खला खतिवडाले भन्नुभयो “म स्वयं एक आर्किटेक्ट हुँ, मैले बज्रग्रुपको उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड को गुणस्तर र सर्वसुलभ भएको पाँए । म विश्वस्तछु कि यस सहकार्यले बज्रग्रुप लाई बजारमा आफ्नो उत्कृष्ट छाप छोड्र्न अझै उर्जा मिल्नेछ ।”

Share this news: