सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

साना उद्योगहरुको प्रवद्र्घन र विकासमा सरकारको प्राथमिकता : मन्त्री भट्ट

अर्थ

Capture

साना उद्योगहरुको प्रवद्र्घन र विकासमा सरकारको प्राथमिकता : मन्त्री भट्ट

सुनाखरी न्युज/ काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता दृढ भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले लघु, घरेलु तथा साना उद्योगहरुसँग सिँगो राष्ट्रको राष्ट्रिय हित जोडिएकाले यो क्षेत्रलाई अगाडि बढाउने कुरामा आफू दृढ रहेको बताए ।

 

उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै मन्त्री भट्टले भने, “तपाईंहरुको सफलतासँगै मेरो सफलता पनि जोडिएको छ, मेरो सफलतासँग तपाईंहरुको सफलता पनि जोडिएको छ ।” समस्याका साथै समाधानका उपाय पनि ल्याउन व्यावसायीलाई आग्रह गर्दै उनले थपे, “साना उद्योगहरु कसरी बाँचेका छन् रु समग्रमा साना व्यावसायीका समस्या के के छन् पहिचान गरेर वैज्ञानिक र वस्तुवादी भएर ल्याउनुस् । अनि छलफल गरौं निकास ननिस्कने कुरै छैन ।”सो अवसरमा महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए ।

 

“अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन यो नेपालको लागि ठूलो चुनौतिको विषय बनेको छ ।” अध्यक्ष गिरीले भने, “यसका पछाडि दुई तीनवटा कारण छन् । हामीले जसरी उद्योग चलाइरहेका छौं ती उद्योगहरु व्यवस्थित छैनन् । उद्योग ग्राममा नचलाइएकोले छरपस्ट भईरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको शिकार बनिरहेका छन् उद्योगहरु । त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन । यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ ।”साना व्यावसायीहरुको उद्योगग्राम चाहियो भन्ने माग बमोजिम उद्योगग्राम अहिलेको सरकारले पहिलो क्याबिनेटबाटै पालिकामा एउटा उद्योगग्राम बनाउने भनेर गरेको छ यसलाई आत्मसात गरेर अगाडि जानुपर्छ भन्ने व्यवसायीको आग्रह रहेको अध्यक्ष गिरीको भनाइ छ ।

Share this news: