सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

साफाको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट एनआइसी एसिया बैंक सम्मानित

बैकिङ

NIC-ASIA

साफाको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट एनआइसी एसिया बैंक सम्मानित

सुनाखरी न्युज/ काठमाडौं – एनआइसी एसिया बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्टस साफा ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स डिस्क्लोजर्स–सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । बंगलादेशको ढाकामा आयोजित एक समारोहमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । सार्क राष्ट्रहरुको लेखा पेसालाई नियमन गर्ने निकायको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका संस्थालाई सम्मानित गर्छ ।

 

सोही क्रममा द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस आइक्यान बाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल यस बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थामध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । शनिबार बंगलादेशको राजधानी ढाकामा आयोजित एक समारोहमा बैंकका प्रमुख वित्त अधिकृत रुपेश लुइँटेलले बैंकको तर्फबाट सो अवार्ड ग्रहण गरेका थिए । यो अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही मानिन्छ । यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ ।

 

एनआइसी एसियाले ३१० शाखा, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउन्टर र ४३ वटा शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको छ । यो मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । यसले करिब १९ लाख ग्राहकलाई सेवा दिइरहेकाको छ । बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको छ । यसले वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला र कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सेवा दिइरहेको छ ।

Share this news: