सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

सामाजिक सुरक्षा कोषमा दर्ता हुन तेस्रोपटक थपिएको समय सकियो, के अब हुन्छ ?

अर्थ

samajik-surakchya-kosh#

सामाजिक सुरक्षा कोषमा दर्ता हुन तेस्रोपटक थपिएको समय सकियो, के अब हुन्छ ?

सुनाखरी न्युज/
काठमाडौं-

सरकारले नयाँ युग भन्दै तामझामले सुरु गरेको सामाजिक सुरक्षा कोषमा सुचिकृत हुने समय तेस्रो पटक सकिएको छ।

कोषले गत कात्तिक १४ गते एक महिनाका लागि कोषमा सहभागि हुन समय थप गरेको थियो ।

सामाजिक सुरक्षा कोषकाअनुसार शनिबारसम्म कोषमा ११ हजार ५ सय भन्दा बढी रोजगारदाता कम्पनी र १ लाख २६ हजार भन्दा बढी योगदानकर्ता सुचिकृत भएका छन्।

थपिएको समय शनिबारदेखि सकिएको हो। तर, कोषमा दर्ता हुने रोजगारदाता कम्पनी तथा श्रमिकमा उत्साह देखिएको छैन।

 

त्यतिबेला कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञावलीले समय सिमा सकिने बेलामा सूचिकरणका लागि धेरै रोजगारदाता कम्पनीले चासो देखाएकाले समय थप गर्नुपरेको बताएका थिए।

तेस्रो पटक समय थप भएपछि कोषमा तीन हजार रोजगारदाता र ३० हजार नयाँ श्रमिक कोषमा सुचिकृत भएका छन्।

तेस्रो पटक समय सकिएपछि अब के हुन्छ भन्ने चासो पनि बढेको छ।

यहि जिज्ञासामा कार्यकारी निर्देशक ज्ञावलीले सामाजिक सुरक्षा कोषको बोर्डको सिफारिसमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी कार्यक्रम कसरी अघि बढाउने भन्ने टुङ्गो लगाउने बताए।

‘हामीसँग दुई विकल्प छन्,’ कोषका कार्यकारी निर्देशक ज्ञावलीले भने, ‘कि हामीले समय सिमा थप गरेर सुचिकरणको कामलाई अघि बढाउन सक्छौं अथवा कानुनी कारबाहिको बाटो रोज्न सक्छौं।’ एक्लैले यसको निर्णय गर्ने नभइ बोर्ड र मन्त्रालय मिलेर निर्णय गर्ने ज्ञावालीले जानकारी दिए।

Share this news: