२०७६ माघ १४ , मंगलबार

जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र वैद्यनाथ वेदविद्याश्रम लाई आर्थिक सहयोग प्रदान

बैकिङ

Capture

जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र वैद्यनाथ वेदविद्याश्रम लाई आर्थिक सहयोग प्रदान

सुनाखरी न्युज/ काठमाडौं – जनता बैक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवा लाई आँखा उपचार सम्बन्धी क्रोनियलटोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ रु ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणा लाई हस्तान्तरण गर्नु भयो । नेपाल नेत्र ज्योती संघबाट संचालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

 

यसै गरी बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको वैद्यनाथ क्षेत्र विकास संस्था लाई अक्षयकोष प्रयोजनार्थ रु २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुखकार्यकारी अधिकृत श्री परशुरामकुँवर क्षेत्रीले श्री वैद्यनाथ क्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक  मोतिलाल बोहरालाई हस्तान्तरण गर्नु भयो । उक्त संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा बि सं २०५५ साल देखि श्री वैद्यनाथ वेदविद्या श्रम संचालन गरिरहेको छ । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षयकोषमा जम्मा गरिनेछ ।

 

जनता बैंक नेपाललिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभिई यहि २०७६ मंशिर २० गते देखि एकिकृत कारोवार गर्न गइरहेका छन् । दुवै बैंक गाभिए पछि ग्लोबल आइएमई बैंक लिमिटेड रु २४ अर्ब भन्दा बढी प्राथमिक पुँजी, २ खर्ब ४ अर्ब बचत, रु १ खर्ब ९४ अर्ब कर्जा लगानी तथा ८५० भन्दा बढी सेवा केन्द्र भएको देशकै ठूलो बाणिज्य बैंकको रुपमा स्थापित हुनेछ ।

Share this news: