२०७६ माघ १४ , मंगलबार

ग्लोबल आइएमई बैंकको मंसिर २० बाट एकीकृत कारोबार, दुई दिन काउण्टर बन्द

बैकिङ

global-ime-bank

ग्लोबल आइएमई बैंकको मंसिर २० बाट एकीकृत कारोबार, दुई दिन काउण्टर बन्द

सुनाखरी न्युज/ काठमाडौं – मर्जको अन्तिम तयारीमा रहेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका छन् । ग्लोबल आइएमईमा जनता गाभिएर मंसिर २० गतेदेखि एकिकृत कारोबार गर्दैछन् । एकीकृत कारोबार थाल्नु पूर्व दुवै बैंकको सिस्टम डेटा माइग्रेट गर्नुपर्ने भएकाले सेवा बन्द रहने बताएको छ । एकीकृत कारोबारको तयारीको लागि बैंकले बुधबार साँझ ६ बजेदेखि बिहीबार राति १२ बजेसम्म काउन्टरहरू बन्द गर्ने जानकारी गराएको छ।

 

 

जनता बैंक गाभेर एकीकृत वित्तीय कारोबार गर्न दुवै बैंकको प्रणाली मिलाउनुपर्ने भएकाले बन्द हुने भएको बैंकले जनाएको छ। बैंकले उक्त समयसम्म दुवै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, शाखारहित बैंकिङ सेवा पनि बन्द हुने जनाएको छ। १२ मंसिरमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले ग्लोबल आइएमई र जनता बैंकलाई मर्जरमा जान अन्तिम स्विकृति दिएको हो। ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ। जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ। दुवै बैंक मर्जरपछि बन्ने ग्लोबल आइएमइ बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुग्ने छ । मर्जपछि ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्नेछ।

 

मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।

Share this news: