२०७६ माघ १४ , मंगलबार

प्रभु बैंकको १९९ औं शाखा सर्लाहीको बयलबासमा नयाँ शाखा कार्यालय सञ्चालनमा

बैकिङ

Capture

प्रभु बैंकको १९९ औं शाखा सर्लाहीको बयलबासमा नयाँ शाखा कार्यालय सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं – प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जालविस्तार गर्ने क्रममा सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ०६ स्थित बयलबासमा आफ्नो १९९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको बयलबास शाखा कार्यालयको समुद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले एक समारोह बिच उद्घाटन गर्नु भयो ।

 

बैंकको बयलबासमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी मनोज कुमार देवकोटाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँचन पुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगन सम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्रनभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवापुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । बैंकको बयलबास शाखाकार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 

बैंकको बयलबास शाखा कार्यालय बाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवाप्रवाह हुनेभएकोले यहाँका स्थानीयबासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वितहुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुकासाथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बयलबास शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Share this news: