२०७६ माघ १४ , मंगलबार

ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैङ्क

बैकिङ

IME magr

ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैङ्क

सुनाखरी न्युज/ काठमाडौं – नेपाल सरकार र राष्ट्र बैङ्कको नीति अनुरुप बिग मर्जर हुने पहिलो बैङ्क ग्लोबल आईएमई बैङ्क बनेको छ । ‘क’ वर्गको दुई वाणिज्य बैङ्क ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर भएका हुन् । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै बैङ्कले एकीकृत कारोबार शुरु भएको घोषणा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले पहिलो बिग मर्जरको रुपमा ग्लोबल आईएमई बैङ्कको एकिकृत कारोबार औपचारीक रुपमा उद्घाटन गरेका छन् ।

 

मर्जर पछि ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैङ्क समेत बनेको छ । मर्जरपछि बैङ्कको चुक्तापुँजी २० अर्ब माथि पुगेको छ । यसअघि रहेको बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार र जनता बैङ्कको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ मर्जरसँगै एकिकृत कारोबार पश्चात वृहत पुँजी संकलन भएको हो । चुक्तापुँजीका आधारमा मात्रै नभइ ग्लोबल बैङ्क निक्षेप संकलन र कर्जा प्रवाहमा समेत सबैभन्दा ठूलो वित्तीय कम्पनी बनेको छ । मर्जरपछि ग्लोबल आइएमइ बैङ्कको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ पुगेको छ । हाल अरु सबै वाणिज्य बैङ्कको संकलित निक्षेप र प्रवाहित कर्जाको आकार २ खर्बभन्दा मुनि छ ।

 

मर्जर पछि बैङ्कको शाखा कार्यालय ३०० माथि पुगेको छ भने, बैङ्कका एटीएम २ सय ५६, शाखारहित बैंकिङ सेवा २ सय ४१, ३३ एक्सटेन्सन र बैङ्कका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी पुगेको । साथै मर्जर पश्चात ग्लोबल आईएमई बैङ्कको सेवाग्राही ग्राहक संख्या २० लाख माथि पुगेको समेत कार्यक्रम मार्फत बैङ्कले जानकारी गराएको छ । राष्ट्र बैङ्कको नीति अनुरुप ग्लोबल र जनता बैङ्कबीच मर्जरका लागि गत असार २० गते सहमतिपत्र एमओयुमा हस्ताक्षर भएको थियो ।

Share this news: