२०७६ माघ १४ , मंगलबार

विद्यमान खाद्य प्रणालीलाई समयानुकुल परिमार्जन गर्न आवश्यक

ट्रेन्डिङ

Capture

विद्यमान खाद्य प्रणालीलाई समयानुकुल परिमार्जन गर्न आवश्यक

सुनाखरी न्युज/ काठमाडौं- पोषणका लागि कृषि तथा खाद्य प्रणाली सम्बन्धी ग्लोबल प्यानल र राष्ट्रिय योजना आयोगको संयूक्त आयोजनामा स्वस्थ्य आहार प्रदान गर्न, भोकमरी अन्त्य गर्न र कुपोषण तथा नेपालमा जलवायु परिवर्तनका चुनौतीहरू सम्बोधन गर्नका लागि विद्यमान खाद्य प्रणाली लाई समयानुकुल परिमार्जन गर्ने आवश्यकता बारे एक अन्तरकृया छलफल भयो । उक्त अन्तरकृयाको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङ तथा ग्लोवल प्यानलका सदस्य प्रा. श्रीनाथ रेड्डी को सह अध्यक्षतामा भएको थियो ।

 

यस वैठक अघि मा प्रदेश सरकारका प्रतिनिधिहरु सँग खाद्य प्रणाली सम्बन्धी छलफल संचालन गरिएको थियो । २३ गतेको अन्तरकृया कार्यक्रममा संघ तथा प्रादेशिक सरकारकाप्रतिनिधि, संयुक्त राष्ट्रसंघ, नीजि क्षेत्र तथा नागरिक समाजल गायतका विकास साझेदारका प्रतिनिधिहरुले समेत विचार व्यक्तगर्नु भएको थियो । राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले “बहु क्षेत्रीयपोषण योजनाले सबै खालकाकुपोषण न्युनीकरण गर्ने लक्ष्यलिएको छ जसले गर्दा कुपोषणका कारण मानव पुँजिको विकास र समग्र सामाजिक आर्थिक विकासमा बाधा पर्ने समस्या समाधान हुनेछ ।”भन्ने विचार व्यक्तगर्नु भएको थियो ।

 

पोषणका लागि कृषि तथा खाद्य प्रणाली सम्बन्धी ग्लोबल प्यानलका सदस्यप्रा। श्रीनाथ रेड्डीले नेपाल सरकारलाई यस्तो महत्वपुर्ण विषयमा छलफल आयोजना गरेकोमा धन्यवाद दिदै छलफलले स्वस्थ्यखाद्य वस्तुको उपलब्धता मार्फत खाद्य प्रणालीमा नँया आयाम थपी बहुक्षेत्रीय पोषण योजनाका उद्देश्यहरु पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । यस अन्तरकृयाको उपलब्धी स्वरुप राष्ट्रिय योजना आयोग र ग्लोबल प्यानलले संयुक्त रुपमा नेपालमा स्वस्थ आहार प्रत्याभूत गर्न उपयुक्तखाद्य प्रणालीहरुको व्यवस्थापन विषयक आसयपत्र जारी गरेको छ ।

Share this news: