२०७६ माघ १४ , मंगलबार

सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

Capture

सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

सुनाखरी न्युज/ काठमाडौं – बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने मर्जर तथा प्राप्ति एक्विजिशन सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजत प्राप्त सहयोगीविकाश बैंक लिमिटेडलाई प्राप्तिगर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरेको छ । २०७६ पौष २८ गते यस बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच यस बैंकको तर्फबाट संचालकतथामर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गर्नु भएको छ ।

 

दुवै बैंकले आ—आफ्नो विशेष/वार्षिक साधारण सभाबाटप्राप्ति सम्बन्धिविशेष प्रस्तावपारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्ने छन्। दुवै बैंकले गत असार २२गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । २०७६ पौष २७ गते सम्मको तथ्यांकको आधारमासिटिजन्स बैंकले सहयोगीविकाश बैंकलाई प्राप्ति गरेपछिसर्वसाधारणबाट उठाएको निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारण लाई दिएको ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँपुग्नेछ।प्राप्ति पश्चातबैंकको कुल शाखा ९९ हुनेछ । सहमति अनुसार, सहयोगी विकाश बैंक लिमिटेडका शेयरधनीहरुले १०० कित्ता शेयर वरावर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर पाउनेछन्।

 

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ वटा शाखाहरू बाट बैंकिंग सेवाहरू प्रदानगर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वितहुने विश्वास बैंकले लिएको छ । “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए टि एम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु बाट करिव पाँचलाख ग्राहकवर्ग लाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

 

यसका साथ साथै शाखाहरु सँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरु लाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Share this news: