२०७६ माघ १४ , मंगलबार

सानिमा बैंक र पाटन अस्पताल बीचको आर्थिक सम्झौता नवीकरण

Capture

सानिमा बैंक र पाटन अस्पताल बीचको आर्थिक सम्झौता नवीकरण

सुनाखरी न्युज/ काठमाडौं – सानिमा बैंक लिमिटेड र पाटन अस्पताल बीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागिगत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरु लाई प्रतिव्यक्ति रु बीस हजार २०,०००० सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनवीकरण गरिएको छ ।

 

सानिमा बैंकले प्रत्येक “नारी बचत खाता”बापत बैंकको तर्फ बाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ ।उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पताल सँग यो सम्झौता गरेको हो । सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गर्नुभएको छ।

 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल लाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताउनुभयो ।

Share this news: