२०७६ माघ १४ , मंगलबार

डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली, कुनै कसूर नभेटीई पुनः काममा फर्कने भएपछि राष्ट्र बैंकमा मच्चियो हल्लिखल्ली

rrrrrrr

डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली, कुनै कसूर नभेटीई पुनः काममा फर्कने भएपछि राष्ट्र बैंकमा मच्चियो हल्लिखल्ली

सुनाखरी न्युज/
काठमाडौं –
निलम्बवनमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली हुने भएको छ । छानविन समितिले श्रेष्ठमाथि अनुसन्धान गरी अर्थमन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

अर्थमन्त्रालयले बुझाएको प्रतिवेदनअनुसार बर्खास्त नै गर्नुपर्ने पर्याप्त कारणहरु नदेखिएको भन्दै मन्त्रिपरिषद्ले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो । अनियमितता गरेको आरोपमा छानविनमा परेका कारण श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए ।

नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले श्रेष्ठमाथि छानबिन भएको र केही पनि नपाइएको भन्दै उनले सफाइ पाएको बताए । योसँगै डेपुटी गभर्नर श्रेष्ठलाई अब पुनर्बहाली भएर कामकाज गर्न बाटो खुला भएको छ ।

श्रेष्ठले राष्ट्र बैंकको नियमन विभाग हेर्दै आएका श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, अनियमित काम गरी आर्थिक लाभ लिएको लगायतका आरोप लागेका थिए ।

 

अर्थ मन्त्रालयको पत्राचारपछि श्रेष्ठमाथि छानविन गर्न भन्दै राष्ट्र बैंकले सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । जसमा राष्ट्र बैंककै सञ्चालकहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी रहेका थिए ।

Share this news: