सुनाखरी न्युज
२०७६ मंसिर २० , शुक्रवार

खेलकुद

Capture

महिला क्रिकेटमा नेपाल श्रीलंकासंग ४१ रनले पराजित

 विनोद लामिछाने/ पोखरा - नेपाललाई ४१ रनले पराजित गर्दै श्रीलंका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको महत्पूर्ण खेलमा टस जितेर व्याटिङ्ग गरेको श्रीलंकाले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा नेपालले पुरा २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ७७....

1

१३ औँ सागमा नेपालले रच्यो इतिहास, भारत शिर्ष स्थानमै कायम

सुनाखरी न्युज/ काठमाडौं - तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा भारतले ६४ स्वर्ण पदक सहित अग्रता कायम गरेको छ । प्रतियोगितामा ३९ स्वर्णपदक सहित नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा भारत ६४ स्वर्ण, ४७ रजत र २५ कास्य गरि कुल १३६ पदक हासिल गर्दै शिर्ष स्थानमा छ । त्यस्तै नेपालले ३९ स्वर्ण, २७ रजत र ३९ कास्य गरि कुल १०५ पदक हासिल गर्दै दोस्रो स्थानमा छ ।....

1

१३ औं साग : पदक तालिकामा भारतले उछिन्यो नेपाललाई

सुनाखरी न्युज/ काठमाडौं - १३ औं सागमा नेपालको स्वर्णसंख्या ३० पुगेको छ। अंकतालिकामा भने भारतले उछिनेको छ। भारतको स्वर्णसंख्या ३६ पुगेको छ। आज बिहान भएको खेलमा नीमाले १८.९१ अंक प्राप्त गर्दै स्वर्णपदक जित्न सफल भएकी हुन्। उनी उसुमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी पनि भएकी छन्। उक्त प्रतिस्पर्धामा बंगलादेशकी मोर्जिना अख्तरले रजत पदक र श्रीलंकाकी....

Capture

महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी

सुनाखरी न्युज/ पोखरा - तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो । टस हारेर व्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन....

ttt

नेपाललाई सागमा सयौँ स्वर्ण, तेक्‍वान्दोका सक्षम कार्की यसरी बने एकाएक हिरो

सुनाखरी न्युज / काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत  बुधबार भएको ८७ केजी भन्दामाथिको भिडन्तमा कराँतेबाट नेपालका लागि सक्षम कार्कीले स्वर्ण पदक जित्न सफल भएका छन्। सक्षमले नेपालका लागि साग खेलकुदमा सयौँ स्वर्ण पदक जितेका हुन्। योसँगै साग खेलकुदको इतिहासमा नेपालले जितेको स्वर्ण १०० पुगेको छ।....

3

साग फुटबल : भुटानविरुद्ध नेपालको शानदार जित

सुनाखरी न्युज/ काठमाडौं -१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले भुटानविरुद्ध ४-० को सहज जित निकालेको छ। नेपालका लागि सुजल श्रेष्ठले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। आक्रमक खेलेको नेपालले दोस्रो हाफमा तीन गोल थपिसकेको छ। नेपालका लागि खेलको ५० औँ मिनेटमा सुजल श्रेष्ठले नै अर्को गोल थप्दै खेललाई २-० को....

messi-award

छैटौँ पटक बालोन डी’ ओर अवार्ड मेस्सीले जिते

सुनाखरी न्युज/ एजेन्सी - लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी’ ओर अवार्ड जित्न सफल भएका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर हात पारेका हुन् । मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।....

Capture

१३ औ साग भलिबल फाईनल खेलको प्रत्यक्षप्रशारण एक्सन स्पोर्टस्मा

सुनाखरी न्युज/ काठमाडौं - १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिलाभलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ । महिला भलिबलको फाईनल खेल नेपाल र भारत विच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपाल कै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडि ले प्रत्यक्ष प्रशारण गर्ने छ ।....

Saag

१३ औं साग औपचारिक रुपमा सुरु, राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् उद्घाटन, यस्ता छन् सागका बिशेषता !

सुनाखरी न्युज/ काठमाडौँ — दक्षिण एसियाको ओलम्पिक मानिने साग प्रतियोगिता १३ औं संस्करण औपचारिक रुपमा दशरथ रंगशालमा सुरु भएको छ । ७ देशका ३ हजारभन्दा बढी खेलाडीले यसपालि प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालको सबैभन्दा धेरै ५ सय ९४ खेलाडी छन् ।....

Sag#

१३ औं सागको उद्घाटनका लागि भव्य तयारी, आज राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्दै

सुनाखरी न्युज/ काठमाडौं- १३ औं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग) आइतबार सुरू हुँदै छ । प्रतियोगिता सुरू हुन दुई दिन बाँकी रहँदा दशरथ रंगशालामा उद्घाटन कार्यक्रमको रिहर्सल गरियो । सागलाई भव्य बनाउने उद्देश्यले एक समारोहकाबीच सेना, प्रहरी तथा विद्यार्थीले उद्घाटनको रिहर्सल गरेको हो। काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने साग प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नेछिन्।....