२०७६ माघ १४ , मंगलबार

ट्रेन्डिङ

रुपन्देहीमा तीन ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

सुनाखरी न्युज / काठमाडौं - रुपन्देहीको रोहिणी गाउँपालिका.४ सुहिलीहवामा तीन ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।मंगलबार बिहान आठ बजे दुइटा ट्रक एक आपसमा ठोक्किएर विपरीत दिशाबाट आइरहेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।....

आज बिहानै भूकम्पको धक्का

सुनाखरी न्युज / काठमाडौं - बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ ।भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिएका छन् ।....

जीवन धान्न गिट्टीको सहारा, गिट्टी कुट्न रहर नभई बाध्यता

सुनाखरी न्युज / काठमाडौं - माघको चिसो, सडकको छेउमा एकाबिहानै रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ छेपारेस्थित ६५ वर्षीय पुतली परियार गिट्टी कुट्दै भेटिन्छन् । उमेर जति बुढो भए पनि उनका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन् ।गिट्टी कुटेर दैनिक रु छ हजारभन्दा बढी कमाउने गरेको उनको भनाइ छ । छोराछोरीले पालनपोषण गर्ने उमेरमा उनलाई गिट्टी कुट्न रहर नभई बाध्यता रहेको छ ।....

NOC Oil

फस्टाउँदै मनपरी तन्त्र, कमिसन वृद्धि माग गर्दै हवाई इन्धन ढुवानी ठप्प

सुनाखरी न्युज/ काठमाडौँ —पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भए पनि व्यवसायीले आफूहरूका माग पूरा गराउन पटकपटक बन्द–हडताल गर्दै आएका छन् । तीन दिनदेखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन हवाई इन्धन एकाइ समितिले पनि हवाई इन्धन ढुवानी ठप्प पारेको छ ।....

media

मिडिया काउन्सिल विधेयकबाट दण्ड सजायको व्यवस्था हटाइयो

सुनाखरी न्युज/ काठमाडौं -नेपाल मिडिया काउन्सिल विधेयकबाट दण्ड सजायको व्यवस्था हटाइएको छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले संसदमा ल्याएको विधेयकमा आचार संहिता उलंघन गरेमा पत्रकार, सम्पादक र प्रकाशकलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान प्रस्ताव गरिएको थियो । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले विधेयकमा प्रस्ताव....

1

पहिलोपटक अध्यागमनमा आफ्नै सफ्टवेयर : रेटिना स्क्यानर जडान, होटेलसम्मै पर्यटकको निगरानी

सुनाखरी न्युज/ काठमाडौं  - सेटिङका कारण बदनाम नेपालको अध्यागमनमा प्रविधिगत रूपमा ठूलो सुधार भएको छ । पहिलोपटक अध्यागमनमा आफ्नै सफ्टवेयर जडान गरिएको छ भने हरेक यात्रुको रेटिना सहितको विवरण राख्न थालिएको छ । करिब १५ करोड रुपैयाँ खर्च गरेर अध्यागमन विभागले आफ्ना कार्यालयमा नयाँ प्रविधि जडान गरेको छ।....

श्रीमानलाई नेपाल फर्काएर श्रीमतीले अस्ट्रेलियाबाटै गरिदिइन् भिसा रद्द ! यतो छ कारण

सुनाखरी न्युज / काठमाडौं - अस्ट्रेलिया, अमेरिका र पश्चिमा देशमा नेपालीका कतिपय घट्नाक्रमले हाम्रो सामाजिक मर्यादा नाघेको पाइन्छ। विदेश गएपछि एकाएक पश्चिमा संस्कृतिमा रमाउने र आफूलाई त्यही रुपमा ढाल्न खोज्ने केही युवा युवतीहरुको प्रवृत्तिले नेपाली समाजमा हलचल ल्याएको छ।उदाहरणका रुपमा यसै साता मात्र सिड्नीमा भएका केही घटनाक्रम हेरौं।....

Captur

अब हजारको नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राख्ने : राष्ट्र बैंक

सुनाखरी न्युज / काठमाडौं - नेपाल राष्ट्र बैंकले ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंकले हजार रुपैयाँकामात्रै ३१ करोड थान अर्थात ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्न लागेको हो ।यी नोटहरु छाप्नका लागि राष्ट्र बैंकले गत असोजमा टेण्डर आह्वान गरेको थियो ।....

Hotel#

होटल–रिसोर्ट र होमस्टेले अवदेखि सरकारी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने, हानले यस्तो दियो निर्देशन

सुनाखरी न्युज/ काठमाडौं - होटल–रिसोर्ट र होमस्टेले अवदेखि सरकारी मापदण्डको अनिवार्यरुपमा पालना गर्नुपर्ने छ । होटेल संघ नेपाल (हान) ले आफ्ना सदस्य होटेल तथा रिसोर्टलाई सरकारले तोकेको मापदण्ड अनिवार्य र पूर्णपालना गर्न आग्रह गरेको हो ।....

मानिसहरु किन रगत भन्नसाथ डराउने गर्दछन् ?जानिराखौं अति उपयोगी कुरा

सुनाखरी न्युज / काठमाडौँ - कतिपय मानिसहरु रगत भन्नसाथ डराउने गर्दछन्। उनीहरुलाई रगत देख्ने बित्तिकै एक किसिमको छट्पटाहट वा उनीहरुलाई रिङ्गाटा समेत चल्ने गर्दछ। यसैगरी, कोही कोही त बेहोससमेत हुने गर्छन्। उनीहरुलाई रक्तदान वा रगत परिक्षणको गर्नु भनेको एक चुनौतीपूर्ण र गाह्रो क्षण हुने गर्दछ।....