सुनाखरी न्युज
२०७६ मंसिर ३० , सोमवार

विश्व

sunakhari logo

भारतिय प्रधानमन्त्री मोदि लडेपछि

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अत्यन्तै व्यस्त हुने गर्छन् । दैनिकजसो सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए । कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका थिए । हतारमा सिँढी उक्लिरहेका मोदी एक्कासी लड्न पुगे । प्रधानमन्त्री मोदी लडेलगत्तै सुरक्षाकर्मीहरुले उठाएको दृष्यसहितको भिडियो अहिले भाइरल भैरहेको छ । ....

earthquake

चीनमा ५।२ म्याग्नीच्यूडको भूकम्प

चीन - भूकम्पबाट चीनको जियाङ्सी र चोङजाओमा सबैभन्दा बढी क्षति भएको छ । चीनमा तीन दिनअघि आएको ५।२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको छ ।....

mahinda_rajapaksa

श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त

सुनाखरी न्युज/ श्रीलंका - श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति निर्वाचनसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले राजिनामा दिएपछि राष्ट्रपति गोताभायाले दाजुलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्रीले संसदीय निर्वाचन नहुँदासम्म जिम्मेवारी सम्हाल्नेछन् ।....

Sunakhari Logo Nepal#

नेपाल दक्षिण एसियामै सबैभन्दा कम ऋण भएको राष्ट्र, यस्तो छ सरकारी दावी र तथ्याङक !

सुनाखरी न्युज/ काठमाडौं- नेपाल दक्षिण एशियामा नै कम ऋण भएको देशकारुपमा दावी गरिएको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो दावी गरेका हुन् । उनले व्यवसायीहरुलाई मुलुकप्रति जवाफदेही बनाउने गरी कर कानुन लागु गरिएको पनि दोहो¥याए । उनले मुलुकको अर्थतन्त्रलाई सबल, आत्मनिर्भर र सुदृढ बनाउने गरी कर नीति लिएकाले दक्षिण एसियामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल भएको पनि स्मरण गराए । खतिवडाले भनेझैं दक्षिण एशियामा सबैभन्दा कम ऋण....

Capture

बंगलादेशका राष्ट्रपतिको फेवातालमा बोटिङ, यस्ता छन् पोखराका अन्य कार्यक्रम !

सुनाखरी न्युज/ पोखरा- चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा पुगेका छन्। पोखरा पुगेका हमिदले फेवातालमा जलविहार गरेका छन्।....

Capture

अस्ट्रेलियामा भीषण आगलागी, हजारौं घरबारविहीन

सुनाखरी न्युज/ काठमाडौं - अस्ट्रेलियाको न्यु साउथ वेल्स र क्विन्सल्यान्डमा भीषण आगलागी हुँदा ३ जनाको मृत्यु हुनाको साथै हजारौं घरवारविहीन भएका छन्। गत सातादेखि सुरु भएको आगलागीका कारण ‘फायर इमर्जेन्सी’ लागू गरिएको छ। दुई राज्यमा १ सयभन्दा बढी स्थानमा आगो लागेका छन्। आगो निभाउन १३०० भन्दा बढी अग्नी नियन्त्रक खटिएका छन्। प्रधानमन्त्री स्कट मोरिसनले आवश्यक परे....

गुडिरहेको रेलमा आगलागी, कम्तीमा ६० को मृत्यु

रोयटर्स/ पाकिस्तान — कराँचीबाट लाहोर गइरहेको रेलमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको आगलागीमा अन्य ३० यात्रु घाइते भएका छन् ।....

विश्व बैंकका कार्यकारी निर्देशकहरुसंग अर्थमन्त्रीको भेटवार्ता, नेपालको विकासको दिशा संघीयता कार्यान्वयनबारे छलफल

सुनाखरी न्युज/ काठमाडौं - नेपाल भ्रमणमा रहेको १३ सदस्यीय प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भेटघाट गरी नेपालको संघीयता कार्यान्वयनबाट विश्व समुदायले राम्रो सिको गर्नुपर्ने धारणा राखेका छन् । नेपालको संघीयता व्यवस्थापनमा भएको उपलब्धि तथा आर्थिक व्यवस्थापनका प्रयासहरुको बारे प्रशंसा गरे ।....

आँखा र नाक नभएको बच्चा जन्मेपछि चिकित्सक नै निलम्बनमा !

सुनाखरी न्युज/ पोर्चुगल-   एक नवजात शिशुको आँखा, नाक र टाउकोकोे केही भाग नै नभएको पाइएपछि त्यो मामिला हेरिरहेका पोर्चुगलका चिकित्सक निलम्बनमा परेका छन् । नवजात शिशु रोड्रिगोको अवस्थाका बारेमा उनका अभिभावकलाई पहिला नै केही पनि जानकारी दिइएको थिएन ।....