सुनाखरी न्युज
२०७६ मंसिर ३० , सोमवार

सुन–चाँदी

Hong kong Group

हङकङ इन्टरन्यासनल ज्वेलरी शो २०१९ मा नेपाली सुनचाँदी ब्यवसायीको सहभागिता

सुनाखरी न्युज/ काठमाडौं- हङकङमा गत साता आयोजना भएको ‘हङकङ इन्टरन्इासनल ज्वेलरी शो २०१९’ मा नेपाली सुनचाँदी ब्यवसायीले पनि सहभागिता जनाएका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारको नेतृत्वमा ३० सदस्यिय प्रतिनिधमिण्डल नेपालका तर्फवाट सो मेलामा सहभागी भएको थियो ।....

gold

त्रिभुवन विमानस्थल बाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ - त्रिभुवन विमानस्थलबाट भंसार तथा नेपाल प्रहरीले हंगकंगबाट नेपाल ल्याईदै गरेको ८ किलो अवैध सुन समातेको छ। बिहीबार राती नेपाल एयरलाइन्सबाट नेपाल आएका दुई चिनियाँ नागरिकबाट उक्त सुन बरामद भएको हो। आरए ४१० जहाजबाट आएका चेन होङयाङ र चेन क्वीनहाङ नामका उनीहरू सुनसहित समातिएको विमानस्थल श्रोतले जनाएको छ।....

gold

सुनचाँदीको मूल्य घट्यो

सुनाखरी न्युज / काठमाडौँ  -  बिहीबार सुनको मूल्य केही घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार बुधबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७१ हजारमा कारोबार भएको ले जनाएको छ ।....

Gyanu Raj

ज्ञानुराज शाक्य सुनचाँदी ब्यवसायी महासंघको कार्यावाहक अध्यक्ष

सुनाखरी न्युज/ काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघको कार्यावाहक अध्यक्ष महासंघकै उपाध्यक्ष एवं मेला समितिका संयोजक ज्ञानुराज शाक्य हुनुभएको हो । महासंघका अध्यक्ष मोहन कुमार सुनार हङकङमा आयोजित सुनचाँदी मेलामा सहभागी हुन त्यसतर्फ गएकोले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष शाक्यलाई दिइएको हो ।....

1

ज्वेल्स वचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा सम्पन्न

सुनाखरी न्युज/ललितपुर- ज्वेल्स वचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा शनिबार ललितपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किरणभाई बज्राचार्यको सभापतित्वमा सम्पन्न सो साधारणसभाको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले उद्घाटन गर्नुभयो । त्यसक्रममा उहाँले सहकारी क्षेत्रको विकासवाट सिङगो मुलुकको विकासमा सहयोग पुग्ने विचार ब्यक्त गर्नुभयो ।....

gold

सुनको कारोबार बढ्यो

सुनाखरी न्युज/काठमाडौँ- असारपछि मन्दी छाएको सुनको कारोबार दशैंतिहारमा बहार आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दशैंतिहारमा मात्रै १० अर्बको सुनचाँदीको कारोबार भएको छ। 'दशैंरतिहारको अवधिमा १० अर्ब रुपैयाँ सुनचाँदीको कारोबार भएको छु महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ’५० करोड रुपैयाँ बराबरको चाँदीको कारोबार भएको छ। अरु सबै सुनको कारोबार भएको हो।' देशभर २२ हजार सुनचाँदी पसल छन्। महासंघका अनुसार धनतेरसका दिन सबैभन्दा बढी सुनचाँदीको कारोबार भएको छ। कारोबा....

१४ सय तोला चाँदी र ६ लाख नगदसहित पक्राउ

सुनाखरी न्युज/ मकवानपुर-प्रहरीले अबैध रुपमा बोकी हिडेको ६ लाख २० हजार पाँच सय रुपैयाँ मुल्य बराबरको चाँदीसहित एक भारतीयलाई पक्राउ गरेको छ। भन्सार छलेर ल्याएको एक हजार चार सय १५ तोला चाँदीको गरगहनासहित मकवानपुर प्रहरीले एक जनालाई सार्वजनिक समेत गरेको हो।....

gold

आइतबार सुनको मूल्यमा सामान्य गिरावट

सुनाखरी न्युज / काठमाडौं–आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ जानाकारी अनुसार शुक्रबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा रु ७० हजार ४०० मा कारोबार भएको हो ।....

Pashupati#

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

गोपीकृष्ण ढुंगाना/ काठमाडौं - पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो।....

Gold#

५ किलो सुनसहित पक्राउ

सुनाखरी न्युज / संखुवासभा- संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एकजना पक्राउ परेका छन्। भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको स्रोतको भनाइ छ। भोटेको साथबाट सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद भएको बताइएको छ।....