सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

सुरक्षा–अपराध

CC Camera

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बसुन्धराका २० स्थानमा सिसिटिभि जडान

सुनाखरी न्युज/ काठमाडौं - उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने क्रममा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सङ्गम क्लवको सहयोगमा महाराजगंजस्थित बसुन्धरा नजिक संगम टोलमा करिब १३ लाख रुपैयाँको लागतमा २० स्थानमा सिसिटिभी शनिबार जडान गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले सिसिटिभीको उदघाटन गर्दै प्रहरीले अगाडि सारेको समुदाय प्रहरी साझेदारीलाई अगाडि लैजान सिसिटिभी जडानले सहयोग पुगेको बताउनुभयो । आगामी दिनमा पनि स....

hatkattari

मकवानपुरका विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई प्रक्राउ

सुनाखरी न्युज / मकवानपुर - मकवानपुरका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई प्रक्राउ गरेका छन् । आइतवार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूलाई सार्वजनिक गरेको हो । ....

srikana bamb blast

आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट

सुनाखरी न्युज / काठमाडौं – सेन्ट एन्थोनीमा हज्जारौं मानिसहरु इस्टरको प्रार्थनाका लागि जम्मा भएकमा थिए । श्रीलंका पहिलो विस्फोटन कोलम्बोस्थित सेन्ट एन्थोनी चर्च अनि नेगोम्बो शहरमा रहेको सेन्ट सेबास्टियन चर्चमा भएको थियो । ....

Arrested Police

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १५ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं - काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने मिन कुमारी शिवाकोटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २५ वर्षीय उमेश सेवा समेत ११ जनालाई नगद ३ लाख ६२ हजार रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । रुपन्देही, बुटवल उपमहानगरपालिका १२ बस्ने कमल थापाको गोठमा ....

Capture

मोदीवेणी धाममा भएको शालिग्राम चोरी र लागु औषध मुद्धाको फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/ पर्वत - जिल्ला पर्वत कुश्मा नगरपालिका वडा न ५ मोदिवेणी स्थित नृसिंह मन्दीरमा भएको चोरीको घटनामा संलग्न जिल्ला धादिङ साविक निलकण्ठ गाविस वडा न १० स्थाई वतन भई कुश्मा नगरपालिका वडा न ५ वस्ने वर्ष २५ को अंजन वराईलीलाई खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नम्वर ३ महाराजगंज काठमाडौंवाट ....

1

शान्ति स्थापनार्थ सुडानको डार्फरमा खटिजाने प्रहरी टोलीलाई बिदाई, राष्ट्रप्रतिको समर्पणभाव सँगै युएनको म्यान्डेट अनुसार व्यावसायिकता प्रदर्शन गर्न निर्देशन

सुनाखरी न्युज/ काठमाडौं - संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गर्नुभयो । बिदाई समारोहमा प्रहरी महानिरीक्षक खनालले उक्त टोलीका कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुको साथै खटि जाने प्रहरी कर्मचारीहरुको निरीक्षण समेत गर्नुभयो ।....

Nepal-Police-Logo

जिल्ला प्रहरी कार्यालय पर्वतको कमाण्डमा ग्रामिण गस्ती एवम् सवारी चेकजांच 

सुनाखरी न्युज/ पर्वत- जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको कमाण्डमा १० जना ट्राफिक प्रहरी सहित र सशस्त्र प्रहरी वल नेपाल गण हेड क्वाटर पर्वत नम्वर २५ गण वाट सशस्त्र प्रहरी निरीक्षक गजेन्द्र वहादुर चन्दको कमाण्डमा ९ जना गरी जम्मा १९ जनाको सयुक्त टोली कुश्मा हुदै फलेवास नगरपालिकाको वडा एरियामा गई ग्रामीण गस्ती सम्पन्न गरेको छ । गस्तीको क्रममा स्थानिय व्यक्तिहरुसंग भेटघाट गरी स्थानिय स्तरमा भएका समस्याहरुको वारेमा समेत जानकारी लिईएको थियो ।....

Arrest-842×600

डलर साटने भनि ठगी गर्ने र लुटने कार्यमा संलग्न तीन जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं - नयाँ बसपार्क, बालाजु, माछापोखरी, सामाखुसी र गौशाला क्षेत्रलाई मुख्य आधार क्षेत्र वनाई विदेश वाट फर्किएकाहरु सँग डलर लगायत अन्य विदेशी रकम बढिमा साटी दिने भनि ठगी गर्ने ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नहरुमा काठमाडौं नेपालटार बस्ने सिन्धुली दुधौलीका ३३ वर्षीय उमेश घिसिङ्ग, नेपालटार बस्ने सिन्धुली दुधौलीका प्रेम घिसिङ्ग र जोरपाटी बस्ने सिन्धुली दुधौलीका ३० वर्षीय दानबहादुर तामाङ रहेका छन् । ....

Gold-Arrest

सुनको टुक्रा भनि फलामको टुक्रा दिई १९ लाख लुटने चार जना पक्राउ

सुनाखरी न्युज/काठमाडौं - सुनको टुक्रा भनि फलामको टुक्रा दिई १९ लाख लुटने ४ जनालाई सुन्धाराबाट  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ बस्ने ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका ३ बस्नेहरु २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षीय सुवास श्रेष्ठ रहेका छन् । काठमाडौ जिल्लाका विभिन्न स्थानमा सुनको टुक्रा भनि फलामको टुक्रा दिई ठगि गरेको भन्ने गुनासो आएको तथा राजेश विकले सामाखुसी रानिवारीमा पुस १२ ....

Arrested Police

अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ

सुनाखरी न्युज/ काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पोल्याण्ड नागरिक २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की र २६ वर्षीय आकुभ स्टेक्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फको होलब्यागेज जाँच गर्ने क्रममा माक्सीको साथबाट युएस डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय तथा नेपाली रुपैयाँ ५८ हजार र आकुभको साथबाट युएस डलर ६ हजार १ सय र युरो ५ हजार फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।....