सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

सुरक्षा–अपराध

Capture

विदेशमा भुक्तानी गर्ने व्यवसायी ‘इमेल फिसिङ’को जोखिममा

सुनाखरी न्युज/ काठमाडौं - सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’मार्फत करोडौं रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा....

1

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गुल्मपति तथा स्टाफ तालिम समापन

सुनाखरी न्युज/ काठमाडौं - सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २२ गुल्मपति तथा स्टाफ तालिमको कार्तिक २५ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरु लाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै....

Arrest pic

पार्किङ् गरी राखेको सवारी साधन तथा घरका शिशा तोडफोड गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/काठमाडौं - पार्किङ् गरी राखेको सवारी साधन तथा घरको सिसा तोडफोड गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका ११ प्रगती चोक बस्ने रामेछाप रामपुर नगरपालिका ५ घर भएका २० वर्षीय प्रकाश तामाङ र सोही ठाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका ११ घर भएका २० वर्षीय निमा शेर्पा रहेका छन् ।....

arrest

अश्लिल भिडियो खिचेर व्यालेकमेल गरेको अभियोगमा ३ जना पक्राउ

सुनाखरी न्युज/ दाङ - तुलसीपुर उपमहानगरपलिका-३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उप - महानगरपलिका ३ खमारी बस्ने १९ वर्षीय बिमल वली, २६ वर्षीय दुज बहादुर खत्री र २१ वर्षीय नविन नेपाली रहेका छन् ।....

Arrest pic

विद्युतीय डिभाइस जडित विभिन्न सामान सहित पक्राउ

सुनाखरी न्युज/ काठमाडौं - नागार्जुन नगरपालिका ४ शरणपुर बस्ने सर्लाही बरहथवा नगरपालिका ९ घर भएका ३६ वर्षीयको निर बहादुर कार्कीलाई विद्युतीय डिभाइस जडित विभिन्न सामान सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी बाट खटिएको प्रहरी टोलीले कार्की सवार बा ७३ प ५१२२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा १२ प्याकेट विद्युतीय डिभाइस जडित तास र....

Nepal police logo

१४औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा चेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं - १४ औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक सांस्कृतिक तथा बैण्ड डिस्प्ले कार्यक्रम चन्द्रागिरी नगरपालिका १२ गुर्जुधारास्थित भेहिकल सेन्टर परिसरमा सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले....

viral baba

भाइरल बाबा दम्पती प्रहरी नियन्त्रणमा

सुनाखरी न्युज/ काठमाडौं - विभिन्न सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका अघोरी बाबालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हालै मात्र अमेरिकाबाट फर्केकी एक महिलासँग बिहे गरेको बताउने ‘भाइरल बाबा’लाई ठगीको आरोपमा नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ। वास्तविक नाम विजय केसी रहेका ‘भाइरल बाबा’ले मान्छेहरुलाई अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोप....

Arrest pic

बाघ र चितुवाको दाँत जस्तो देखिने वस्तु सहित पक्राउ

सुनाखरी न्युज/ काठमाडौं - काठमाडौं महानगरपालिका ३२ कोटेश्वरर बाट वन्यजन्तु बाघको दाँत जस्तो देखिने वस्तु ११ थान सहित काठमाडौं गोलढुङगा बस्ने नुवाकोट ककनी गाउँपालिका ४ घर भएका २५ वर्षीय सुमन लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वनरबाट खटिएको प्रहरीले बिक्री गर्ने उद्देश्यले लिई हिँडेको अवस्थामा उनलाई उक्त वस्तु सहित फेला पारी....

arrest

हत्या गरी फरार रहेका २ जना अभियुक्त पक्राउ

सुनाखरी न्युज/ काठमाडौं - २०५९ कात्तिक २९ गते धादिङ साबिक दार्खा गाबिस २ हाल खनियाबास गाउँपालिका ३ बस्ने २४ वर्षीय पशुराम तामाङलाई धारिलो हतियार खुकरी र नाईन स्टिक प्रहार गरी हत्या गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ खनियाबास गाउँपालिका ३ बस्ने ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ६ मुलपानी बस्ने....

Rup Jyoti

ब्यवसायी रूप ज्योति थप ५ दिन थुनामा रहने, वहस आफैं गर्ने

सुनाखरी न्युज/ काठमाडौं– हाउजिङका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका व्यापारी रूप ज्योतिलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पूर्वअर्थ सहायक मन्त्री समेत रहेका रूप ज्योतिलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतवार अनुमति दिएको हो । यसअघि दिएको ३ दिनको म्याद सकिएपनि आइतवार ५ दिनको म्याद थप भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए । ल्याण्डमार्क डेभलपर्सका नाममा काठमाडौं महानगरपलिका– ४ बालुवाटारका व....