सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

सुरक्षा–अपराध

Arrest pic

पेस्तोल र विष्फोटक पदार्थ सहित पक्राउ

सुनाखरी न्युज/ बाजुरा - गौमुल गाउँपालिका-३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर भएका ५२ वर्षीय चुडामणी ओली लगायत १६ जनालाई पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थहरु सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम,....

Rup Jyoti

रूपज्योतिले आज अदालतमा आफैं बहस गर्ने

सुनाखरी न्युज/ काठमाडौं - ठगीको उजुरीपछि पक्राउ परेका ज्योति ग्रुपका रूपज्योतिले आइतबार अदालतमा आफैं बहस गर्ने तयारी गरेका छन्। उनीमाथि हिरासतमै राखेर अनुसन्धान गर्न शुक्रबार काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद दिएको थियो। उक्त म्याद आइतबार सकिँदै छ। फेरि म्याद थपको लागि रूपज्योतिलाई अदालत लगिने काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए।....

arrest

हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ पर्सा - बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई श्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार सुगौली बजार बस्ने २२ वर्षीय बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ वर्षीय सुधिर कुमार र सोही ठाउँ बस्ने ३० वर्षीय सहिद आलम रहेका छन् ।....

Arrest pic

जर्जिया पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ काठमाडौं - जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ पथरी नगरपालिका-१ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका- ६ घर भएका पुरुषलाई राईले जर्जियामा क्लिनरको जागिर लगाईदिने र उक्त कम्पनीले मासिक ९० हजार रुपैयाँ तलव, खान बस्न समेत दिने....

Mohammad-Aftab-Alam#

अफताम आलमबारे नयाँ ट्वीस्ट: इँटाभट्टा जलाएको भनिएका अख्तर वैदेशिक रोजगारीबाट नफर्किएको पत्नीको दावी

सुनाखरी न्युज/ रौतहट - नेपाली कांग्रेसका सांसद मो. अफताव आलम प्रकरणमा जिल्ला अदालत रौतहटमा थुनछेक बहस भइरहेको छ । शुक्रबार वादी पक्षका वकिलहरुको बहस सकियो । अख्तरकी पत्नी अमन खातुनले ओसीको विस्फोटमा मृत्यु भएको नभई रोजगारीका लागि विदेश गएको र नफर्किएको जिकिर गरेकी छन् । यद्यपि उनको निवेदन दर्ता भएको छैन । आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे बहस भइरहेका बेला यो मुद्दामा नयाँ ट्वीस्ट आएको छ । राजपुर बम विस्फोटमा घाइते भएर इँटा ....

Capture

आफ्नै दाजुलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ सिन्धुली - आफ्नै दाजु ६१ वर्षीय जगत बहादुर तामाङलाई धारिलो हतियार तरवार प्रहार गरी घाइते बनाएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका ८ पर्ता बस्ने ५८ वर्षीय पूर्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य बिवादको कारण पूर्ण बहादुरले तरवार प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ....

RupJyoti

पूर्वमन्त्रीसमेत रहेका रुप ज्योति ठगी आरोपमा पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ - व्यवसायी रुप ज्योति पक्राउ परेका छन् । पूर्व अर्थसहायक मन्त्रीसमेत रहेका ज्योति ठगी आरोपमा बिहीबार साँझ पक्राउ परेका हुन् । उनलाई महानगरी प्रहरी परिसरको टोलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। देश बाहिर रहेका उनी बिहीबार नेपाल फर्कने सूचना पाएको प्रहरी विमानस्थन नै पुगेको थियो । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपको....

Arrest pic

पेस्तोल र गोली सहित ३ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ - महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको प्रहरीले १ थान पेस्तोल र ४ राउण्ड गोली सहित ३ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु ठेगाना भएका ३५ वर्षीय देवेन्द्र भण्डारी, सोही ठाउँ ठेगाना भएका ४७ वर्षीय मनोज कुमार बस्नेत र कीर्तिपुर नगरपालिका-६ चोभार ठेगाना भएका ५० वर्षीय सुमन खड्का रहेका छन् ।....

Capture

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ दाङ - शान्तिनगर गाउँपालिका-३ बस्ने आफ्नै ज्वाई ३१ वर्षीयगणेश चन्दलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा घोराही उपमहानगरपालिका - १० नारायणपुर बस्ने उनकी सासुआमा ४१ वर्षीया मधु कुमारी मल्ललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । गणेश चन्द र उनकी श्रीमती ससुराली गएको अवस्थामाश्रीमान श्रीमती बीच सामान्य बिबादको बिषयलाई लिएर मधु कुमारीले ज्वाईलाई....

boom-bisphote

कास्कीमा मुख्य निर्वाचन अधिकृत कार्यालय नजिक बम विस्फोट

सुनाखरी न्युज/ कास्की - कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ। बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बम विस्फोट निर्वाचन अधिकृतको कार्यालय भन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन....