सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

राशिफल - Horoscope

mesh

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ काममा हात हाल्ने समय छ । परिश्रम गर्दा धनार्जन हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ ।

brishya

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

mithun

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । रमणीय र सुखद यात्रा हुनेछ ।

karkat

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । चोटपटक लाग्न सक्नेछ । आर्थिक सङ्कटले सताउनेछ ।

singha

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

kanya

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । सन्तान सुख मिल्नेछ ।

tula

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

लाभदायक यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

brishit

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मुद्दा मामिला आइलाग्नेछ ।

dhanu

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

min

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

kumbha

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

makkar

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ ।