२०८१ आश्विन ५ , शनिवार

प्रधानमन्त्रि र पूर्व प्रधानमन्त्रीले पठाएको “समर्पण पत्र ” पढ्दा दुख लाग्यो : पूर्वपरराष्ट्रमन्त्री डा.लोहनी

सुनाखरी न्युज/ काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्र लेखेको प्रति पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले विरोध गरेका छन् ।

 

लोहनीले सामाजिका सन्जालमा लेख्दै भनेका छ । एउटा अमेरिकन सरकारी कोर्पोरेशन लाई नेपालका वर्तमान प्रधानमन्त्रि सम्माननीय देउबा जी र अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल जी ले पठाएको “समर्पण पत्र ” पढ्दा दुख लाग्यो। नेपाल को कुटनीति अब पाताल पुगी सकेछ र नेपाली नेतृत्व को मनस्थिति कति कम्जोर र प्रतिक्रियाबादी रहेछ भन्ने स्प्रष्ट गरेको छ ।

देउवा र प्रचण्डले पठाएको पत्रले राजनीति तरङ्गित बनेको छ । यसबारे पक्ष विपक्षमा बहस चर्किएको छ ।