२०८१ आश्विन ५ , शनिवार

प्रतिमा विर्सजन यात्रामाथि आक्रमण गर्नेलाई कारवाहीको लागि दवाव सिर्जना गर्न विहिप नेपालको आवाहन

सुनाखरी न्युज/ काठमाडौं – नेपाल बहुसंख्यक हिन्दूहरु बसोवास गर्ने देश हो । हिन्दू धर्म ‘बसुधैव कुटुम्बकम’ अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो । हिन्दू धर्मले कहि कतै हिंसा, भेदभाव, कट्टरता जस्ता कृत्यहरुलाई प्रश्रय दिएको छैन । विश्व आज एक विशेष समुदायको कट्टरताले आतंकित रहेको छ ।

 

यसैबिच मिति २०७८ माघ २४ गते रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती प्रतिमा बिसर्जनको क्रममा निकालिएको यात्रामाथि भएको आक्रमणको घटना प्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । मस्जिदको बाटो भएर यात्रा लगेका निहुमा स्थानीय आतंकी एवं अपराधी मानसिकता भएका तत्वहरुद्वारा घटाइएको उक्त घटनाको विश्व हिन्दू परिषद नेपाल घोर भत्र्सना गर्दछ साथै घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन सरकार समक्ष जोडदार माग गर्दछ ।

 

मुस्लिम समुदायका महिला र पुरूषहरू एक्कासी सुरक्षार्थ खटिएका प्रहरी, प्रतिमा र हिन्दू माथि घरभित्रबाट अस्लिल गालीगलौज सहित ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयहरू समेत गम्भीर घाइते भएका थिए । महिला तथा बालबालिका समेतलाई लक्षित गरी सरस्वती माताको प्रतिमामाथि मुस्लिमहरूद्वारा गरिएको ढुङ्गामुढा–चप्पल जुत्ता प्रहारको उक्त घटनाले सम्पूर्ण सनातन हिन्दू समाजलाई आहात एवं आक्रोशित बनाएको छ । आतंकी तथा अपराधी प्रवृतिका तत्वहरुको समय मै कानुनी उपचार हुन नसक्दा रौतहट लगायतका जिल्लाहरुमा यस्ता घटना घटाउन उनीहरुको मनोवल बढेको देखिन्छ ।

सनातन हिन्दू धर्मलाई समाप्त पार्ने मनशायले हिन्दू विरोधी तत्वहरु सक्रिय रहेकाले यस्ता हिन्दू विरोधी तत्वहरुलाई निरुत्साहित गर्न सबैलाई संगठित भई अगाडी बढ्न विश्व हिन्दू परिषद नेपाल आग्रह गर्दछ साथै आपसी एकता कायम राख्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याउन दवाव सिर्जना गर्न प्रयास गर्न आवाहन समेत गरेको छ । घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको लागि विहिप नेपाल परिवार कामना गर्दछ ।