२०८१ असार २३ , शनिवार

कमल थापाले राजनैतिक रुपमा आत्महत्याको वाटो रोजे : राप्रपा केन्द्रिय सदस्य पाठक

सुनाखरी न्युज/ काठमाडौं – राप्रपाका केन्द्रिय सदस्य जनकराज पाठकले राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गर्ने निर्णय गर्नु अनपेक्षित र दुर्भाग्यपूर्ण भएको बताएका छन ।

 

पाठकले सामाजिक सन्जालामा लेख्दै भनेका छन : हिजोको वैठक सम्म नेता कमल थापाको यस्तो निर्णय आउने छनक थियन।हामिले भनेका थियौ,पार्टी भित्र नै संघर्ष गरौ,समय आउँछ भनेर।तर उहाले मान्नु भयन।लाखौ कार्यकर्ता को भावना विपरीत उहाले कदम चाल्नु भएको छ। यो निर्णय अनपेक्षित र दुर्भाग्यपूर्ण छ।

 

अन्ततः उहाले राजनैतिक रुपमा आत्महत्याको वाटो रोज्नु भएको छ। यो सफल हुदैन।यस्ता प्रयास विगतमै असफल भइसकेका छन। राप्रपा सतप्रतिसत राजा वादी र हिन्दु वादी हरुको पार्टी हो। पार्टी लाई यहासम्म लेराउन कमल थापाको मेहनत लाई अवमूल्यन गर्न सकिदैन।

कमल थापा लाई पार्टीले रोक्न नसक्नु पनि दुखद नै हो। कमजोरी कसको काहा रह्यो इतिहास ले मुल्यांकन गर्ला। फेरिपनि एकता सहमति र सहकार्यको विकल्प छैन।