२०८१ मंसिर ६ , बिहिवार

नेप्सेमा दोहोरो अंकको गिरावट, चुनावको घोषणा भएरपनि किन घट्यो बजार ?

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा झरेको हो ।

सोमबार नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको थियो । त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको छ । सोमबार ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्य दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स र बुद्धभुमी हाइड्रोपावर कम्पनी रहेको छ ।

 

यी कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै, लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ६.२७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३५ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।