२०८१ आश्विन ५ , शनिवार

‘म यस्तो गीत गाउँछु २’ शिवरात्रिको दिन प्रदर्शन हुने

सुनाखरी न्युज/ काठमाडौं – निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जालमा नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिज मिति घोषणा गरेका हुन् ।

 

सरकारले फागुन १ गते बाट फिल्म हल खोल्न दिने भएपछि फिल्मको रिलिज मिति तोक्न थालेका छन् । निर्देशक सुदर्शन थापाले पनि आफ्नो नयाँ फिल्म‘म यस्तो गीत गाउँछु २’शिवरात्रिको दिन अर्थात फागुन १३ गते रिलिज गर्ने भएका छन् ।थापाकै निर्देशक निर्माण समेत रहेको ‘म यस्तो गीत गाउँछु २’फिल्ममा पल शाह, पूजा शर्मा, राजा राजेन्द्र पोखरेल, हरिहर शर्मा, दिनेश डिसी,सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ ।