२०८१ आश्विन ५ , शनिवार

रक्तअभाव पूर्तिका लागि सप्ताहव्यापी वृहत रक्तदान कार्यक्रम हुँदै

सुनाखरी न्युज/ काठमाडौं – कोभिड १९ महामारीको कारण उत्पन्न रगत अभावलाई पूर्ति गर्न खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीको आयोजनामा सप्ताह–व्यापी रक्तदान कार्यक्रम हुन लागेको राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीका संयोजक सुमन महर्जनले बताउनु भयो ।

कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं. ११ शेषमतीमा एक हप्ता सम्म सञ्चालन गरिने छ । सप्ताहव्यापी रक्तदान महाअभियान यही माघ २९ गते बाट आरम्भ हुने छ । रक्त अभावबाट कसैले अमुल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको युवा संघ तारकेश्वर नगरकमिटीले जनाएको छ ।