२०८१ आश्विन ५ , शनिवार

काँग्रेस कर्णाली प्रदेश सभा दलको सचेतकमा शाही मनोनित

सुनाखरी न्युज/ काठमाडौं – नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ ।

 

 

दलको विधान, २०७४ को दफा ११ ९१० बमोजिम काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन् । यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो । काँग्रेस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ ।रासस