२०८१ असार २३ , शनिवार

विराटनगर नाका जोड्ने नवनिर्मित पुलको अस्थायी संचालनका लागि संघद्वारा भारतको विभिन्न निकायमा पत्राचार

सुनाखरी न्युज/ काठमाडौं – विराटनगर नाका जोड्ने भारतको बथनाहा–जोगबनी खण्डमा अवस्थित मीरगञ्ज पुलको समानान्तरमा संघको पहलमा निर्माणाधिन नयाँ पुललाई अस्थायी रुपमा तत्कालै संचालनमा ल्याउन मोरंग व्यापार संघले भारतका विभिन्न निकायहरुमा पत्राचार गरेको छ ।

संघले आज भारतका प्रधानमन्त्री, सडक, पारवहन तथा राजमार्ग मन्त्री, विहार सरकारका मुख्य मन्त्री, सडक निर्माण मन्त्री, कला तथा संस्कृति मन्त्री, सडक निर्माण विभागका सचिव लगायतलाई पत्राचार गरी सो पुललाई शिघ्रताका साथ अस्थायी संचालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन जारी गरिदिन आग्रह गरेको छ ।

अध्यक्ष श्री रिजालज्यूले भारतका अररियाका डिष्ट्रिक्ट मजिस्ट्रेटसँगको कुराकानीमा आगामी ३–४ दिनमा सो पुल अस्थायी रुपमा संचालनमा आउने जानकारी प्राप्त भएको बताउनु भई केही भारतीय निकायका प्रक्रियागत अनुमति आउना साथ ५–७ घण्टाको निर्माण कार्यबाटै पुल अस्थायी रुपमा संचालन हुन सक्ने देखिएको बताउनु भएको छ ।