२०८१ आश्विन १२ , शनिवार

मौसम पूर्वानुमान : तीन प्रदेशमा पानी पर्ने सम्भावना

सुनाखरी न्युज/ काठमाडौं – हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक र दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भुभागहरुमा आंशिक बदली रहेको छ। बिहीबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एकरदुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिदेखि सामान्य बदली रहि बांकी भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।