२०८१ आश्विन ५ , शनिवार

सार्वजनिक सवारी चढ्ने यात्रुका लागि कार्डबाट भाडा भुक्तानी गर्ने सुविधा आउँदै

सुनाखरी न्युज/ काठमाडौं – अब सार्वजनिक यातायातमा समेत कार्डबाटै भाडा भुक्तानी गर्न मिल्ने सुविधा आउने भएको छ ।

 

विभिन्न कारोबारमा विद्युतीय भुक्तानीको प्रयोग बढिरहेको सन्दर्भमा सार्वजनिक सवारी चढ्ने यात्रुका सहजताका लागि कार्डबाट भाडा तिर्न मिल्ने सुविधा आउन लागेको हो । यसका लागि बागमती सरकारले सवार भाडा भुक्तानीलाई नगदरहित बनाउने निर्णय गरेको छ । उक्त मन्त्रिपरिषद् बैठकले कार्डबाट सवारी यातायातको सवारी भाडा तिर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

 

यात्रुको सहजता, सरलता र चुस्तताका लागि नगदरहित (क्याशलेस) प्रविधि सुरु गर्न लागिएको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।