२०८१ आश्विन ५ , शनिवार

फागुन २७ गते रिलिज हुन लागेको चलचित्र ‘आकाशे खेती’ को टिजर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – फागुन २७ गते रिलिज हुन लागेको चलचित्र ‘आकाशे खेती’को टिजर सार्वजनिक गरिएको छ ।

 

 

एसएस इन्टरनेशनल र तक्मे प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो चलचित्रको टिजरमा मुख्य कलाकार गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङलाई केन्द्रमा राखिएको छ । चलचित्रमा यी तीन जना कलाकारबाहेक रजनी गुरुङ, नीता ढुंगाना, रविन्द्र झा, शिशिर वाङ्देल, लक्षु शर्माको पनि अभिनय देख्न सकिन्छ । चलचित्रको टिजरमा मुख्य तीन पात्रको जीवनमा आइपरेका विभिन्न समस्यालाई देखाउन खोजिएको छ ।