२०८१ आश्विन ५ , शनिवार

कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

सुनाखरी न्युज/ काठमाडौं – हाँस्य सिरियल ‘सक्कीगोनी’का कलाकार अर्जुन घिमिरेलाई मातृशोक परेको छ । कलाकार, लेखक, निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको छ । घिमिरेकी आमाको आज शुक्रबार बिहान उपचारका क्रममा निधन भएको छ ।

अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार उपचारत हुनुहन्थ्यो ।