२०८१ आश्विन ५ , शनिवार

दयाहाङ राईको ‘वरदान’ फिल्म युट्युबमा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ बिहीबार सार्वजनिक भएको छ।

 

यो फिल्म जम्मा २४ मिनेट रहेको निर्माण टिमले जनाएको छ । आत्महत्या रोकथामको विषयलाई उठाएको यस फिल्मले मानसिक स्वास्थ्यको संवेदनशीलतालाई समेटेको छ। लकडाउनको समयमा आत्महत्या बढेको समाचार पढेर कथा लेख्न बाध्य भएको निर्देशक दीपेन्द्र लामाले सुनाए। डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेकालाई परामर्श दिने गरेको सुनाउँदै श्रेष्ठले भनिन्, ‘समस्यासँग जुधिरहेका मानिस र उनीहरूका अभिभावक तथा साथीभाइहरूलाई सजग गराउन यस्ता फिल्मले धेरै योगदान दिनसक्छ।

 

‘यस फिल्ममा दयाहाङ राई र नम्रता श्रेष्ठसँगै लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन्।