२०८१ आश्विन ५ , शनिवार

समानताको लागि आवाज संस्थामा खाद्यान्न सहयोग

सुनाखरी न्युज/ भक्तपुर – भक्तपुरस्थित समानताको लागि आवाज संस्थामा काठमाडौंका समाजसेवी तुल्सीराम थापाले खाद्यान्न सहयोग उपलब्ध गराएका छन् । थापाले आफ्नो जन्म दिनको वससरमा सो सहयोग उपलब्ध गराएका हुन् ।

 

 

सो आश्रममा सुस्त मनस्थितिका, हिँडडुल गर्न नक्ने, दृष्टि विहिन लगयतका २० जना अनाथ वालवाललिका आश्रीत छन् । उनीहरुलाई समाजसेवी रिता श्रेष्ठ प्रधानको सक्रियतामा थापाको तर्फवाट दाल, चामल, तेल, चिउरा लगायतका ४० हजार रुपैयाँ भन्दा बढीको खाद्यान्न

उपलब्ध गराइएको हो

 

 

 

यसैवीच स्थानिय राजन कार्कीले आफ्नो वुवाको छ महिनाको पुण्य तिथिमा नवजीवन परोपकार संस्थामा आश्रीतलाई खाना खुवाउने काम गरेका छन् ।