२०८१ असार १६ , शनिवार

आज कामु प्रधानन्यायाधीश कार्कीले बोलाएको फुलकोर्ट बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं – कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सोमबार बोलाएको फुलकोट बैठक बस्दैछ ।

 

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि कायममुकायमको जिम्मेवारी पाएका कार्कीले सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न ११ बजे पुर्ण बैठक बोलाएका हुन् । आजको बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बुझिएको छ ।

 

न्यायपालिका सुधारका लागि भन्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।