सुनाखरी न्युज/ खोटाङ – कोभिड–१९ को महामारीलाई मध्येनजर गर्दै बन्द गरिएको पूर्वको पशुपतिनाथका रुपमा चिनिने खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ ।
कोभिड–१९ को तेस्रो लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गत ७ माघमा ताला लगाइएको थियो । कोभिड–१९ को संक्रमण दर कम हुँदै गएपछि १ फागुनबाट त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउने, सबैले अनिवार्य मास्क प्रयोग गर्ने, भिडभाड नगर्ने शर्तमा मन्दिर प्रवेश गर्न दिन थालिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।