२०८१ आश्विन ५ , शनिवार

‘म यस्तो गीत गाउँछु २’ को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – फागुन १३ गतेबाट रिलिज हुन लागेको सुदर्शन थापाद्वारा निर्देशित  चलचित्र ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको छ ।

 

‘आफ्नै सम्झी परेली’बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा छन् । चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा सौरभ लामाको छायांकन छ ।