२०८१ पुष ७ , आइतवार

अल्का अस्पताल १६ वर्षमा, आइभिएफमा एक हप्तासम्म निशुल्क ओपिडी

सुनाखरी न्युज/ ललितपु – ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबार देखि १६ वर्षमा प्रवेश गरेको छ। २०६२ साल फागुन ३ गते देखि अल्का अस्पताल संचालनमा आएको हो।

 

‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’भन्ने स्लोगन सहित कुमार थापाले अल्का अस्पताल संचालन गर्नु भएको हो। स्वास्थ्य मन्त्रालयले १४ वर्ष अघि अल्का अस्पताल लाई संचालनका लागि अनुमति दिएको थियो। अल्का अस्पतालमा सय शैया छ। १६ वर्ष पुग्दा हामी निकै खुसी छौ् र, अस्पतालका संचालक तथा अध्यक्ष कुमार थापाले भन्नुभयो,’हामी लाई विश्वास गरेर यहाँसम्म पुर्याइ दिनु भएकोमा सबै लाई धन्यवाद दिन चाहन्छौं।

 

अध्यक्ष थापाले सेवाग्राहीले अस्पताल प्रति गरेको विश्वासका साथै अस्पतालका चिकित्सक र कर्मचारीहरुको लगाव लाई आफूले सधै सम्झिरहने बताउनु भयो। सेवाग्राहीहरु लाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पतालले अझ सेवा थप र विस्तार गर्न लागेको अस्पतालकी कार्यकारी निर्देशक बिद्या थापा श्रेष्ठले बताउनु भयो। अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नती गरेको थियो।

 

अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर विरामीहरु लाई सेवा दिदैँ आइरहेको छ। अल्का अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ। यसका साथै टेष्टट्यु्वबेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग, तथा यसका सम्पुर्ण परीक्षण पनि अस्पतालमा हुदैँ आएको छ। नशा सम्बन्धि, बाथरोग सम्बन्धि, यौन तथा छाला रोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कानघाँटी, दाँतरोग, युरोलोजिष्ट,कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरु बाट अस्पतालले विरामीहरु लाई सेवा दिने सेवामा पनि अल्का अगाडी छ।

 

१६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ। वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले आइभिएफमा यही फागुन ३ गते देखि १० गते सम्म शनिबार बाहेक ओपिडी निशुल्क गरेको छ। आइभिएफ टेष्टमा २० प्रतिशत छुट तथा आइभिएफर आइयुआइमा विशेष सहुलियत दिइने अल्का अस्पतालले जनाएको छ।