२०८१ आश्विन १२ , शनिवार

आज एमसीसी टेबल नहुने, सत्ता साझेदारकै साथ नपाएपछि पछि हटे देउवा

सुनाखरी न्युज/ काठमाडौं । सत्ता साझेदार दलहरूकै बीचमा सहमति नजुटेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटका क्रममा बुधबारको बैठकमा एमसीसी टेबल नगर्ने सहमति बनेको हो । पार्टी संसदीय दलको बैठकपछि दाहाल त्यसबारे जानकारी गराउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

 

देउवा र दाहालबीच बुधबार एमसीसी टेबल नगर्ने र त्यसबारे बिहीबार सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय भएको दाहालको सचिवालयले जनाएको छ । कांग्रेसबाहेक सत्ता साझेदार सबै दल एमसीसी संसद्‌मा पेश गर्न नहुने पक्षमा उभिएका छन् ।