२०८१ आश्विन ५ , शनिवार

एमालेको अबरोधकाबीच थारु आयोगको बार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारले थारु आयोगको तेश्रो बार्षिक प्रतिवेदन पेश गरेको छ ।

नेकपा एमालेका सांसदहरुको विरोधका बाबजूद पनि प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेश्रो प्रतिवदेन २०७७/७८ पेश गर्नुभएको थियो ।

 

यसअघि, सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरुलाई संसद सुचारु गर्न दिन पटक पटक आग्रह गर्नुभएको थियो । तर नाराबाजी नरोकिएपछि नाराबाजी कै बीचमा सभामुखले मन्त्री बडूलाई थारु आयोगको प्रतिवेदन पेश गर्न समय दिनुभएको थियो ।।