२०८१ आश्विन १२ , शनिवार

भन्सार छलि ल्याएका विभिन्न औषधि बरामद

सुनाखरी न्युज/ झापा ।

कचनकवल गाउँपालिका-१ कुट्टिबाट भन्सार छलि ल्याएको करिब ८ लाख ४१ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका औषधीहरू सोमबार राति प्रहरीले बरामद गरेको छ ।

 

अस्थायी प्रहरी चौकी कुट्टिबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका २ जना पुरुषले साथमा रहेको प्लाष्टिकका बोराहरू फाली फरार भएपछि प्रहरीले बोराहरू जाँच गर्दा विभिन्न औषधिहरू फेला पारी बरामद गरेको हो ।