२०८१ आश्विन ५ , शनिवार

पतंजली योग सहशिक्षक तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

सुनाखरी न्युज/ पोखरा । पतंजली योग समिति गण्डकी प्रदेश, कास्की जिल्ला समिति, महिला योग समिति कास्कीको आयोजनामा सहशिक्षक तालिममा सहभागीलाई शुक्रबार प्रमाणपत्र प्रदान गरिएको छ ।

 

कार्यक्रमकी प्रमुख अतिथि पतंजली योग समिति कास्कीकी पुर्व महामन्त्री तथा गण्डकी प्रदेश सांसद मिना गुरुङले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै योगको वारेमा चर्चा गर्नुका साथै आफू पनि विभिन्न रोगसंग लड्न योग नियमित गरिरहेको वताइन् । साथै उहाँले सबैलाई योगको साथै भान्सामा पाइने जडिबुटिलाई घरेलु उपचारका रुपमा प्रयोग गर्नुपर्ने वताउनु भएको थियो । गण्डकी प्रदेश संरक्षक लोक दर्शन कोइरालाले योगले जुनसुकै रोग निवारण गर्न सहयोग गर्ने भएकोले जुनसुकै उमेर समुहका व्यक्तिले नियमित योग गर्नु पर्ने बताउनु भयो ।

कास्की जिल्ला अध्यक्ष कृष्णप्रसाद पौडेल तथा महिला योग समिति अध्यक्ष उर्मिला तुलाचनले आफुले साधना गर्दै अरुलाई पनि योगमा जोड्छौ तबमात्र प्रमाणपत्र प्राप्त गरेको औचित्य पुष्टि हुने बताउँनु भयो । कोभिडको कारण भौतिक रुपमा सामुहिक योग प्रशिक्षण गर्न नसकेता पनि जुम मार्फत योग समिति केन्द्रिय समितिबाट गरिएको योग प्रशिक्षण तालीममा काठमाडौ, लम्जुङ, पर्वत, तनहुँ, स्याङ्जा लगाएतका ब्यक्तिहरु योग प्रशिक्षणमा सय जना सहभागी भएका थिए ।

पतंजली योग समिति गण्डकी प्रदेश प्रभारी नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रम कास्कीका महामन्त्री प्रकाश बास्तोलाले कार्यक्रम संचालन गर्नुभएको थियो ।