२०८१ आश्विन १२ , शनिवार

लायनिस्टिकको नयाँ नेतृत्व चयन : गभर्नरमा माहरि दाहाल

सुनाखरी न्युज/ काठमाडौं। विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संस्था लायन्स क्लब इन्टरनेशन लडिस्ट्रिक्ट ३२५ ई अन्तरगत लायनिस्टिक वर्ष २०२२-२३ का लागि नयाँ नेतृत्व चयन गरिएको छ ।

 

गत शनिवार भर्चुअल माध्यमबाट भएको अधिवेशनमार्फत् सडिस्ट्रिक्ट गभर्नर माहरि दाहाल पीमजेएफ पदान निर्वाचित हुनु भएको हो । सेकेण्ड भाइसडिस्ट्रिक्ट गभर्नरमा रामशरण बस्नेत पीएमजेएफ निर्वाचित हुँदा क्याबिनेट सेक्रेटरीको जिम्मेवारी श्याम कुमार यादव एमजेएफले पाउनु भएको छ । क्याबिनेट टेजरर विमल कुमार श्रेष्ठ एमजेएफ नियुक्त हुँदा चिफएड भाइजरको जिम्मेवारी हिराप्रसाद गुप्ता एमजेएफले पाउनु भएको छ ।

 

यस्तै, चिफएरियाको अर्डिनेटर दिपेन्द्र सिंखडा एमजेएफ हुनुभएको छ । डिस्ट्रिक्ट ३२५ सीमाडिस्ट्रिक्ट गभर्नर माधिर जराई, फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा नरनाथ सापकोटा र सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा विकास अधिकारी निर्वाचित हुनुभएको छ । डिस्ट्रिक्ट ३२५ डीमा डिस्ट्रिक्ट गभर्नरमा विष्णु श्रेष्ठ, फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश लामा र सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा सुरेन्द्र बालाय श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

 

नेपालमा लायन्सक्लबमा ४७ हजारभन्दा बढी आबद्ध छन् । शिक्षा, स्वास्थ्यसहित समग्र समाजसेवाको क्षेत्रमा नेपालका लायन्सहरूले उदाहरणीय कार्य गर्दै आएका छन् ।