२०८१ पुष ८ , सोमवार

अबैध औषधी बिक्री बितरण गर्ने पक्राउ

सुनाखरी न्युज/मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-१९ बिराटचोकमा संचालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरुलाई पक्राउ गरे संगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमती बिना अबैध रुपमा महङगो मुल्यमा लागुऔषध दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी अनाधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको RIT समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा मेडिकल संचालक सुन्दरहरैचा नगरपालिका-१० का ४५ बर्षीय शुसिल काफ्ले र निजको श्रीमती ३२ बर्षीया गोमा कार्की तथा सेवन कर्ताहरु सुन्दरहरैचा-१ का २३ बर्षीय सनम खवास, सुन्दरहरैचा-१० का ३० बर्षीय अरुण राई, ३५ बर्षीय सनम तामाङ , सुन्दरहरैचा-९ का २४ बर्षीय सुवास राई, २२ बर्षीय जुसन सुनाम, ३१ बर्षीय निमेस परियार र ३४ बर्षीय अनुप खड्का रहेका छन् । उक्त दुईवटा मेडिकलबाट प्रहरीले SPASPAIAN- 44,370 चक्की, ANTI KOF- 17,620 चक्की, NEAURIN-75- 18,923 चक्की, PRE-Z-75- 1,200 चक्की र APABALIN-75-14,600 चक्की बरामद गरेको छ ।

यसरी अनाधीकृत रुपमा दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी बिक्री बितरण गर्ने दुबै मेडिकल संचालकलाई ठूलो परिणामको औषधीहरु सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।