२०८१ असार २० , बुधवार

एमसीसी छलफलका लागि बिहीबारको संसद् बैठकमा प्रस्तुत हुने, यस्तो छ कार्यसूचि !

सुनाखरी न्युज/ काठमाडौँ ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको अनुदान सहायता सम्झौतामाथि संसद्को बिहीबारको बैठकमा  छलफल हुने भएको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो ।

संसद्का महासचिव भरतराज गौतमले बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जानकारी दिए ।

 

त्यस्तै, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।