२०८१ असार २० , बुधवार

भारतीय सेनाद्वारा नेपाली सेनालाई एकलाख कोभिड–१९ विरुद्धको खोप उपहार स्वरुप प्रदान

सुनाखरी न्युज/ काठमाडौं । भारत सरकारको “खोपमैत्री”योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेना लाई भारतमा बनेको कोभिड-१९ विरुद्धको खोपको एक लाख डोज काठमाडौंको टुँडिखेल स्थित नेपाली सेनाको जंगी अड्डामा आज आयोजित एक समारोहमा उपहार स्वरुप प्रदान ग¥यो।

 

गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थ नारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्की लाई सो खोप हस्तान्तरण गर्नुभयो। लेफ्टिनेन्ट जनरल अनन्थ नारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदाय लाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। भारतले उपहारस्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्य प्रति खुशी व्यक्त गर्नु भयो।

 

सन् २०२० यता कोभिशिल्डखोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोग मार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ। भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेना बीचको सहकार्य लाई पुष्टि गर्दछ।