२०८१ पुष ११ , बिहिवार

सानिमा बैंक अब गोरखाको शक्तिचोकमा

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले फाल्गुन १२ गते गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन्।

 

उक्त समारोहमा मह जोडीले गोरखाको शक्तिचोकमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। त्यसैगरी गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले सहज रुपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिए ।

 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ कार्यालय र १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।